काठमाडौँ । सडक डिभिजन कार्यालय लहान सिराहाका इन्जिनियर र सव इन्जिनियर १५ लाख ९६ हजार घुससहित पक्राउ परेका छन् ।
इन्जिनियर नविन कुमार साह र सब इन्जिनियर विरेन्द्र कुमार साहले सेवाग्राहीबाट रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई १५ लाख ९६ हजार रूपैयाँ लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले दुबैजनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताएका छन् ।
निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।