माघ ६ भित्रै उखु किसानहरुको भुक्तानी दिलाउँछु : मन्त्री भट्ट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माघ ६ भित्रै उखु किसानहरुको भुक्तानी दिलाउँछु : मन्त्री भट्ट


१८ पुस २०७६, शुक्रबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले  आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराउने गरी लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्री भट्टले उखु किसानको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भीर रहेको बताए। आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने उनले बताए।

‘माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ, म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु।’ उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइसक्ने प्रतिबद्धता जनाएका हुन्। उनकाअनुसार १३ मध्ये ३ वटा चिनी मिलले किसानहरुलाई भुक्तानी दिन बाँकी छ।

भट्टले नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिक टन चिनीको माग रहेको बताए। अझै ६५ हजार मेट्रिकटन अभाव रहेको उनले बताए।

कार्यक्रममाकार्यक्रममा उपस्थित उखु किसानले आफूहरु घर फर्किन तयार रहेको बताए। उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले मिडियाकै कारण आफूहरुको आन्दोलन सफल भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस