२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँ–गाउँमा खेलकूदका पूर्वाधार : मन्त्री विश्वकर्मा

अ+ अ-

कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकारले खेलकूदको विकासका लागि गाउँ–गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् ।

पोखरा महानगरपालिका–२३ चापाकोटको बाम्दीमा आज ‘बाम्दी खेल मैदान’को शिलान्यास गर्दै उनले देशका लागि आवश्यक राष्ट्रिय अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले गाउँ–गाउँमा समेत खेल पूर्वाधार निर्माण गर्ने बताए।

मन्त्री विश्वकर्मा नेपालमा हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई लक्ष्य गरी निर्माण थालनी भएका खेलकूद पूर्वाधारसमेत छिट्टै सम्पन्न गरिने उनले स्पष्ट पारे । खेल क्षेत्रको विकासका लागि पूर्वाधार नै पहिलो आवश्यकता रहेकामा जोड दिँदै उनले भने, ‘खेल क्षेत्रको विकास पूर्वाधारबिना सम्भव छैन, राष्ट्रका लागि चाहिने राष्ट्रिय/अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले पूर्वाधार निर्माणलाई नै मुख्य गरी जोड दिएको छ ।’

मन्त्री विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको रङ्गशाला, ७५३ पालिकामा एक/एक खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रममार्फत बिकट गाउँबस्तीमा समेत खेलकूद विकास गर्ने योजना अघि सारेको जानकारी दिए ।

फेवाताल किनारस्थित बाम्दीमा करीब १५ रोपनी जमीन समथर बनाएर खेल मैदान बनाउन लागिएको हो । मैदान सम्याएर पहिलो चरणमा भलिबल कोर्ट निर्माण गरिने बताइएको छ । युवा तथा खेलकूद मन्त्रालयको चालू वर्षको एक वडा एक खेल मैदान निर्माण कार्यक्रमअन्तर्गतको रु ५० लाख बजेटबाट भलिबल कोर्टलगायतका पूर्वाधार तयार गर्ने योजना रहेको बाम्दी खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भीम पराजुलीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले गत प्रदेशसभा निर्वाचनको समयमा जनतामाझ व्यक्त गरिएको प्रतिबद्धता पूरा गर्ने सङ्कल्पअनुसार खेल मैदान निर्माण अघि बढेको चर्चा गर्दैै बाँकी प्रतिबद्धतासमेत पूरा गरिने स्पष्ट पारे ।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, सरकारका पूर्वसचिव कृष्ण देवकोटा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङलगायतले खेल पूर्वाधार निर्माण सम्पन्न भएपछि स्थानीयस्तरबाटै खेलाडी उत्पादनमा सघाउ पुग्ने भनाइ राखेका थिए ।