सुदूरमा पुसे पन्ध्र धूमधामका साथ मनाइँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरमा पुसे पन्ध्र धूमधामका साथ मनाइँदै


१५ पुस २०७६, मंगलबार


डोटी । सुदूरपश्चिम प्रदेशमा आजको रात पुसे पन्ध्र अर्थात् ठूलीरात पर्व धूमधामका साथ मनाउने चलन रहिआएको छ ।

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात विभिन्न प्रकारका खानेकुरा खाने कुरा खाई रात भरी जाग्राम बसेर कथा, बातहरू श्रवण गरी बिहान उज्यालो नहुँदै नुहाई धुवाई गर्ने चलन रही आएको शैलेश्वरी क्षेत्र विकास समिति डोटीका अध्यक्ष प्रेम शंकर भट्टले बताए ।

उनले भने ‘यस पर्वको बारेमा त्यस्तो धार्मिक रूपमा लिखित रूपमा केही उक्ति त छैन तैपनि परापुर्वकाल देखि परम्परागत रूपमा आजको रातमा आफन्त, साथीभाइसँग भेटघाट गर्ने, गाउँलेहरू एकै ठाउँमा जम्मा हुने, आगो ताप्ने, रात भरी कथा, कहानी (स्थानीय बातै) सुन्ने र सुनाउने तथा तरुल सखर गर्ज, भ्याकुर, कन्दमूल पकाएर खाने चलन रही आएको बताए । ‘पन्नरी रातका रूपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकारहरू खाने चलन पनि रहेको समेत भट्टले बताए ।

पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीर समेत फुर्तिलो खान्न चिल्लो पदार्थ हालेका तातो खानेकुरा, कन्दमूलहरू खाने गरिएको बढापाकाहरु बताउँछन् ।

कविश्वभरी डिसेम्बर २२ तारिखलाई नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने चलन रही आएको छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने दिन बढ्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको पाइन्छ । आजदेखि दिनहरू बिस्तारै लम्विदैँ जाने र असार १५ मा वर्षकै ठुलो दिन मानिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस