काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ।
प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्ठल नागरिक उड्ययन कार्यालयले सूचना प्रकाशित गर्दै विभिन्न वायुसेवा, कम्पनी तथा फर्म र व्यक्तिहरुले विभिन्न शीर्षकमा भुक्तानी गर्न बाँकी रहेको रकम ३० दिनभित्र बुझाउन भनेको छ।
प्राधिकरणले पुनः सूचना निकालेले बक्यौता रकम नबुझाउने ७४ कम्पनी, एयरलाइन्स र व्यक्तिको नाममा सार्वजनिक सूचना जारी गरेको हो।
सूचनामा ८३ करोड ७७ लाख ७८ हजार ४८ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको उल्लेख छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी नेकोन एयरले चार करोड रुपैयाँ भन्दा बढी बुझाउन बाँकी छ।
यस्तै कस्मिक एयरले ३ करोड बढी र गल्फ एयरले २ करोड रुपैयाँभन्दा धेरै रकम बक्यौता बुझाएका छैनन्।
उड्ययन कार्यालयले तोकिएको मिति भित्र बक्यौता तिर्न बाँकी रकम दाखिला नगरे प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ तथा अन्य प्रचलित ऐन, कानूनअनुसार रकम असुल गर्नेतर्फ आवश्यक कारवाही अगाडि बढाउने चेतावनी दिएको छ।
सूचना :








