इन्जिनियर्स एशोसियसनद्वारा मन्त्री त्रिपाठीलाई स्मरण पत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्जिनियर्स एशोसियसनद्वारा मन्त्री त्रिपाठीलाई स्मरण पत्र


१४ पुस २०७६, सोमबार


काठमाडौँ । नेपाल ईन्जिनियर्स एसोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई प्रस्तावित संघीय निजामती सेवा विधेयकबारे प्राविधिकहरूको व्यवस्थापनबारे स्मरण पत्र बुझाएको छ ।

एसोसिएसनका सभापति ई.नन्दलाल बन्जाडेको संयोजकत्वको टोलीले सोमबार मन्त्री त्रिपाठीलाई २०७५ फागुन २१ गते आयोजित प्रस्तावित संघीय निजामती सेवा विधेयकका सम्बन्धमा प्राविधिकहरूको व्यवस्थापन नामक अन्तरक्रिया कार्यक्रमबाट प्राप्त निचोड पुनः मन्त्री त्रिपाठीलाई स्मरण गराएको हो ।

एसोसिएसनले यसअघि नै उक्त निचोड तत्कालीन मन्त्री लालबाबु पण्डित र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो । मन्त्री त्रिपाठीले आफ्ना मागहरूलाई सकारात्मक रूपमा लिएको सभापति ई. नन्द बन्जाडेले बताएका छन् । ‘प्राविधिकहरूलाई मोटिभेट र सही व्यवस्थापन नगरी कुनै पनि देशको विकास र समृद्धि भएको छैन’ मन्त्रीको भनाइलाई उधृत गर्दै ई। बन्जाडेले भने, ‘पक्कै पनि मन्त्रीज्यूले हाम्रा जायज मागहरू सम्बोधन गर्नुहुनेछ भन्ने लागेको छ ।’

ज्ञापन पत्रमा प्रस्तावित संघीय निजामती सेवा विधेयकमा सुधार गर्नुपर्ने विभिन्न २० वटा बुँदाहरू समेटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस