वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ


१४ पुस २०७६, सोमबार


अख्तियार

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका कम्प्युटर अपरेटर राकेशकुमार जयसवाल घुससहित पक्राउ परेका छन् ।

कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारको टोलीले १५ हजार घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगर-१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेको आरोपमा पक्राउ गरिएको आयोगले जनाएको छ।

थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस