वायु सेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरण « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वायु सेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई स्पष्टीकरण


१४ पुस २०७६, सोमबार


काठमाडौँ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सञ्चालक समितिले स्पष्टिकरण लिएको छ। सञ्चालक समितिको गत शुक्रबारको बैठकले खरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

समितिले निगमका कार्यकारी अध्यक्षले प्रस्तुत गरेको विषयमा निगमको संचालक समितिले कार्यकारी अध्यक्ष भईसकेपछि संचालक समितिको बैठकमा प्रस्तुत एजेण्डाहरु मध्ये कुन एजेण्डामा कसरी असहयोग भएको तथा समितिबाट निर्णय नहुँदा निगमको कुन कार्यमा ढीलाई हुन गयो सो को विवरण मागेको छ ।

खरेल नियुक्त भएर आएपछि अहिलेसम्म निगम सुधारको लागि कुनैपनि पहलकदमी नभएको गुनासो छ । योगेश भट्टराई पर्यटनमन्त्री भएर आएपछि पनि खरेलको कामकारबाहीलाई लिएर असन्तुष्टि पोखेका छन् । भट्टराईलेसमेत खरेललाई अन्तिम मौका दिने भन्दै यसअघि नै चेतावनी दिएका थिए ।

सञ्चालक समिति खरेलमाथि रुष्ट बनेको छ । समितिले खरेलमाथि साउदी अरबको जिएसए नियुक्तीमा अनावस्यक ढिलासुस्ती गरेको,आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उडान नसकेको,जापानको नारिता उडानका लागि तयारी गर्न समय लिएर मनलाग्दी ओसाका उडान गरेर संस्थालाई आर्थिक नोक्सानी गराएकाजस्ता आरोप लगाएको छ ।

यस्तो समितिको निर्देशन :

Tags :
प्रतिक्रिया दिनुहोस