काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।
सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।
माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ। सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।
गजुरेल वैद्य माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष समेत हुन् ।