२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा चिसोको असर निमोनिया र खोकी

अ+ अ-

रसुवा । रातको समयमा अत्यधिक तुषारो र धाराको पानीसमेत जमेर बरफ बन्न थालेपछि त्यसको प्रत्यक्ष असर वृद्ध र बालबालिकामा देखापर्न थालेको छ । ८३ वर्षीय रसुवाका वरिष्ठ समाजसेवी दावाफिञ्जो तामाङका अनुसार चिसोका कारण बालबालिकालाई निमोनिया र ज्येष्ठ नागरिकलाई खोकीको समस्या देखापर्न थालेको छ ।

चिसोकै कारण रूघाखोकीका साथै छुटफुटरूपले घाँटीमा टन्सिल हुने समस्यासमेत देखापर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोको असरबाट निमोनिया एवं दमखोकीका बिरामी दैनिक सरदर १५ जना उपचारार्थ आउने गरेको रसुवा अस्पतालका प्रमुख डा अनिलकुमार खरेलले बताए ।

चिसोयामभर बालबालिका र ज्येष्ठ नागरिकलाई कम नुहाउने, नुहाउनै परेमा अत्यन्तै कमीमात्रामा हल्का तातोपानीले नुहाइ तेलको मालिस गर्ने, तातो/तातो खुवाउने, सिरक वा कम्बल ओडाएर घरभित्रै राख्ने र आगो ताप्न परेमा हिटर वा कोइलाको तातो मात्र प्रयोग गर्न सुझाव दिँदै डाक्टर खरेलले दाउरा बालेर आगो नताप्न सुझाव दिए। डा.खरेलका अनुसार चिसोको असरले निमोनिया, रूघाखोकी लागि राखेको अवस्थामा दाउरा बाल्दा धुवाँको असरले थप समस्या बनाउँछ ।

मदिरा तथा सुर्तीजन्य वस्तु प्रयोग नगर्न, समयसमयमा तातो खाना तथा खाजा खुवाउने, हातमा पञ्जा, शिरमा कानेटोपी घाँटीमा मखुलर र शरीरमा बाक्लो खाले लुगा उनीको ट्राउजर तथा जुत्ता लगाउनसमेत सबै दाजुभाइ दिदीबहिनीसमक्ष आग्रह गरिएकोसमेत चिकित्सकले बताएका छन् ।

कुनै पनि रोग लाग्दा साथ स्वास्थ्य संस्था वा अस्पताल जाने बानीको विकास गर्न जिल्लावासीलाई अग्रह गर्दै डा. खरेलले रसुवा अस्पतालमा भिडियो एक्स–रेबाट पेटको परीक्षण कार्य शुरू भइसकेको र जिल्लाभित्र सात जना चिकित्सकसमेत कार्यरत रहेको जानकारी दिए ।

प्रत्येक नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्ने वर्तमान सरकारको नीतिअनुरूप क्रमिकरूपले जिल्ला अस्पतालको सुदृढीकरणअन्तर्गत गत हप्तादेखि रसुवामा पहिलोपटक भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको रसुवा अस्पतालले जनाएको छ । पेट दुख्नासाथ काठमाडौँ जानुपर्ने अवस्थामा रसुवा अस्पतालले सञ्चालन गरेको भिडियो एक्स–रेले स्थानीयस्तरमै सेवा दिन थालेपछि जिल्लावासीमाझ खुशी छाएको नागरिक समाज अध्यक्ष बाबुलाल तामाङले बताए ।

यस्तै स्थानीय अस्पतालमा सबैखाले उपचार सेवा प्रदान गर्ने नीतिअनुरूप एक वर्षदेखि १४ वर्षसम्मका जटिल प्रकृतिका बालबालिकाका लागि छुट्टै विशेष सघन उपचारकक्ष र अन्यका लागि भेन्टिलेटरबाहेकको सघन उपचार कक्षसमेत सञ्चालनको तयारी भइरहेकोे अस्पतालले जनाएको छ ।

समुन्द्री सतहदेखि एक हजार ९०० मिटरभन्दामाथिका भू–भागमा पानी जम्न थालेको पाइएकाले लुगा धुँदा वा धुलाउन लगाउँदा तातोपानी मात्र प्रयोग गर्न/गराउनसमेत चिकित्सकले सुझाव दिएका छन् । यस्तै हिमाली भेकमा हिमपात र सेताम्बे तुसारोले पशुको चरण क्षेत्र प्रभावित बनाएपछि बेंशीका तातो स्थानमा चौपाय सार्ने काम भइसकेको चौँरीपालक कृषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस