फिजीमा आँधी दुईको मृत्यु, २५ सयलाई आश्रयस्थलकोआवश्यकता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फिजीमा आँधी दुईको मृत्यु, २५ सयलाई आश्रयस्थलकोआवश्यकता


१३ पुस २०७६, आइतबार


वेलिङटन । फिजीमा आइतबार आएको भीषण आँधीको कारण २ जनाको मृत्यु भएको छ । ‘सरै’ नाम दिइएको यस आँधीको कारण २५ सय भन्दा बढीलाई आश्रयस्थलको आवश्यकता परेको जनाइएको छ ।

यस आँधीमा परेकाहरुलाई आपतकालिन आश्रयस्थलको आवश्यकता परेको अधिकारीहरुले जनाएका छन् । यस आँधीबाट घरहरु भत्किनुका साथै वालीनाली र रुखहरु ढलेका छन् । त्यसैगरी विद्युत सेवा अवरुद्ध भएको छ, भने दर्जनौ उडान रद्ध भएका छन् ।

पर्यटकीय मौसमको बेला यस्तो घटना भएकाले धेरै पर्यटकहरु मर्कामा परेको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशक भासिती साकोले १८ वर्षीय एक जना विद्यार्थीको काडाभुमा मृत्यु भएको बताए।

‘भीषण आँधीको कारण ती व्यक्तिको मृत्यु भएको बताइएको छ, मृत्यु भएका व्यक्ति चक्रवात आएको बेलामा साथीहरुसँग पौडी खेल्दै थिए,’ उनले भने ।

अर्का झण्डै ४० वर्षका व्यक्तिको पनि शव भेटिएको उनले जानकारी दिए । भिटीलेभु भन्ने ठाउँमा नदी तर्न लागेको बेलामा ती व्यक्तिको चक्रवातमा परी मृत्यु भएको अनुमान गरिएको निर्देशक भासितीको भनाई छ ।

आँधी परी सिकिस्त घाइते भएका अर्का एक व्यक्तिको पनि अस्पतालमा उपचार भइरहेको छ । ती व्यक्ति भने आँधीका कारण ढलेको रुखले च्यापेर घाइते भएको बताइएको छ ।

आँधीका कारण अवरुद्ध भएको विद्युत सेवा सुचारु हुन अझै एक हप्ता लाग्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । सारै नाम चक्रवात प्रतिघण्टा १५० प्रतिकिलोमिटरको गतिमा आएको थियो । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस