काठमाडौँ । काठमाडौँको बानेश्वरमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा करिब ७० वर्षीया वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न सकेको छैन। ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ।







