कक्षा ९ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न /गराउन निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कक्षा ९ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न /गराउन निर्देशन


१२ पुस २०७६, शनिबार


काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि कक्षा ९ र १० को परिवर्ति नयाँ पाठ्यक्र लागू गर्न गराउन सबै सरोकारवालालाई निर्देशन दिएको छ । केन्द्रले पुष ९ गते एक सूचना प्रकाशित गर्दै सम्बन्धित सबै सरोकारवाला निकायहरुलार्ई नयाँ पाठ्यक्रम लागू गराउन अनुरोध गरेको हो ।

विद्यालय तहका परिवर्तित र समसामयिक सन्दर्भसमेतका आधारमा कक्षा ९ र १० का ऐच्छिक विषयका पाठ्यक्रम विकास गरिएको जानकारी गराउँदै उक्त नयाँ पाठ्यक्रमअनुसार विकास भएका पााठ्यपुस्तक नयाँ शैक्षिक सत्रदेखि देशभर लागू हुने जानकारी गराएको छ ।

यस्तै फागुनमा शैक्षिक सत्र सुरु हुने जिल्लाहरुले फागुन महिनादेखि नै नयाँ पाठ्यक्रम लागू गराउन केन्द्रको आग्रह छ ।

केन्द्रले कक्षा ९ मा ११ र कक्षा १० मा ९ वटा एच्छिक विषयहरु विकास गरी सबै सरोकारवाला निकायहरुलाई जानकारी सहित सूचना सार्वजनिक गरेको हो ।

कक्षा ९ मा इतिहास, भूगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, एच्छिक अंग्रेजी, लेखापरीक्षण, वातावरण विज्ञान र कम्प्युटर विज्ञान गरी ११ वटा एच्छिक विषयहरु विकास गरिएका छन् । यस्तै, कक्षा १० मा इतिहास, भुगोल, नागरिकशास्त्र, समाजशास्त्र, शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा, वातावरण विज्ञान र कम्प्युटर विज्ञान रहेका छन् ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस