२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक चेकिङमा कडाइ गर्दा राजस्व सङ्कलनमा वृद्धि

अ+ अ-

डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले ट्राफिक चेकिङमा कडाइ गर्दा सडक दुर्घटनामा न्यूनीकरण आउनुका साथै राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७४/०७५ मा ४ हजार २ सय छत्तिस जनालाई कारबाही गरी २३ लाख २४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो । त्यस्तै गरी आर्थिक वर्ष ०७५/०७६ मा ४ हजार ४ सय ५४ जनालाई कारबाही गरी २४ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो भने, आर्थिक वर्ष ०७६/०७७ को मङ्सिर महिना सम्ममा १ हजार ६ सय २९ जनालाई कारबाही गरी १० लाख २ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।

ट्राफिक प्रहरीले चेकिङमा कडाइ गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दा सडक दुर्घटनामा न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक अशोक खड्काले बताए । उनले भने, ‘नियमित रूपमा चेक जाँच गर्नु त हाम्रो काम हो त्यसको लवा सडक दुर्घटना न्यूनीकरण होस, ट्राफिक नियमको बारेमा सबैलाई जानकारी होस भन्ने हेतुले विद्यालय स्तरमा, चालक, सहचालकहरूलाई जन चेतना मूलक कुराहरू जानकारी गराउँदै आएका छौ फलस्वरूप दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ’ सडक दुर्घटनाको अवस्था हेर्दा आर्थिक वर्ष ०७४/०७४ मा सडक दुर्घटना परि ३० जनाको मृत्यु भएको थियो, आर्थिक वर्ष ०७५/०७६ मा ११ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७६/०७७ को कात्तिक सम्ममा ४ जनाको मात्र मृत्यु हुँदा क्रमशः सडक दुर्घटनामा न्यूनीकरण भइरहेको समेत प्रहरी सहायक निरीक्षक खड्काले बताए । जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने समेत बताए ।

आफ्नो बस्ने भवन र दरबन्दी अनुसारको कर्मचारी नहुँदा पनि ट्राफिक प्रहरी कार्यालय डोटीले आफ्नो सेवा नियमित रूपमा सञ्चालन गरेको छ । जनशक्ति अभाव डोटीमा मात्र नभई सुदूरपश्चिमका सबै जिल्लाहरूमा रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी एवं प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । उनले भने ‘जनशक्ति अभाव छ, सबै जिल्लाका आफ्ना भवन छैनन् तर पनि आफूसँग भएको जनशक्ति र स्रोत साधनलाई पूर्ण रूपमा प्रयोग गरेका छौ सेवा प्रवाहमा बाधा हुन दिन्नौ’ सडक दुर्घटना न्यून करमा सबै तह र तप्कामा रहेका व्यक्तिहरूले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक रहेको समेत प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

ट्राफिक चेकिङमा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, साथमा आवश्यक कागजात नभएका, मोटरसाइकलमा ३ जना सवार गर्ने, मदिरा सेवन गरी सवारी साधन चलाउने, सिट बेल्ट नबाँध्ने लापरबाही गर्ने, नम्बर प्लेट नभएका जस्तो अवस्थामा रहेकालाई कारबाही गरिएको ट्राफिक कार्यालय दिपायलले जनाएको छ । ट्राफिक प्रहरी जिल्लाको आवश्यकता अनुसार कम भए पनि जिल्लाका मुख्य बजारहरू बुडर, बिपीनगर, सानागाँउ, तिनपालि, सिलगढी र दिपायलमा भने रहने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस