रुखले किचेर वृद्धको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुखले किचेर वृद्धको मृत्यु


१० पुस २०७६, बिहिबार


ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ ।

आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो ।

प्रहरीका अनुसार आज दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेरिरहेका वृद्धलाई अचानक ढलेको रुखले किचेको थियो । मेशिनभन्दा झण्डै पाँच मिटर पर रहेकोे सुकेको रुख मेशिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने चौकीका प्रहरी सहायक निरीक्षक गोपीलाल लिम्बूले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस