एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोनको फिल्म ‘छपाक’लाई स्क्रिप्ट चोरीको आरोप लागेको छ । आगामी साता रिलिज हुन लागेको उक्त फिल्मको स्क्रिप्ट भारतीय लेखक राकेश भारतीले चोरी भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका हुन् ।
सन् २०१५ मा भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिऐसनमा दर्ता गराएर ‘ब्ल्याक डे’ नामक फिल्म बनाउने तयारीका लागि आफूले तयार गरेको स्क्रिप्टअनुसार ‘छपाक’ निर्माण भएको भन्दै भारतीले अदालतमा मुद्दा दर्ता गरेको जनाइएको छ ।
लेखक राकेशले ‘छपाक’ को निर्मातालाई यसबारे जानकारी गराउँदा कुनै प्रतिक्रिया नआएपछि अदालतमा मुद्दा दर्ता गराएको बताएका छन् ।
मुद्दाको सुनावाइ भने आगामी शुक्रबार हुनेछ।
‘छपाक’ फिल्म आगामी जनवरी १० मा रिलिज हुने बताईको छ ।