७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७० हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ


९ पुस २०७६, बुधबार


अख्तियार

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीका कम्प्युटर अपरेटर नवीनकुमार सिंह घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहलाई ७० हजार घुससहित पक्राउ गरेको हो । उनले उद्योग दर्ता गर्न सहजीकरण गराई दिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ।

घट‍नाबारे अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस