समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता


९ पुस २०७६, बुधबार


काठमाडौं । समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समाजवादी पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।

‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । अब समाजवादी प्रतिपक्षको भूमिका निर्वाह गरेको निर्णय गरेको जानकारी गराउँछु’ उनले भने ।

‘हिजोसम्म सरकारलाई दुई तिहाइको दम्भ थियो, अब आजदेखि समाप्त भयो’ यादवले भने । प्रतिनिधिसभामा समाजवादी पार्टीको १७ सिट रहेको छ । समाजवादीले समर्थन फिर्ता लिएपछि सरकारलाई संसदमा दुई तिहाइ बहुमतको समर्थन रहने छैन ।

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस