२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली नोट कारोवार गर्ने ४ जना बङ्गलादेशी नागरिक पक्राउ

अ+ अ-

मध्यपुरथिमि । १ हजार दरका नक्कली नोटको कारोवार गर्ने चार जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।

त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिए ।

गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमी नपा–१ मा रहेको परिधि गिफ्ट पसलमा शपबाट बङ्गलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी नक्कली नोट रु २ हजार दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा १ हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने तीनजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस