सरकार छाड्ने समाजवादी पार्टीको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकार छाड्ने समाजवादी पार्टीको निर्णय


८ पुस २०७६, मंगलबार


काठमाडौं । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवापछि सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए ।

उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

समाजवादी पार्टी सत्तारुढ दल नेकपासँग २ बुँदे समझदारी गरेर सरकारमा सहभागी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस