स्वास्थ्य सेवा गुणस्तरीय बनाउने अभियानमा छौँ : मलासी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य सेवा गुणस्तरीय बनाउने अभियानमा छौँ : मलासी


७ पुस २०७६, सोमबार


डोटी । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई दिगो र गुणस्तरीय बनाउने अभियानमा आफ्नो टिम लागि परेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

स्वास्थ्य कार्यालय डोटीले सोमबार आयोजना गरेको पत्रकार तथा संचारकर्मिहरुसँगको स्वास्थ्य सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख मलासिले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै मलासिले भने ‘ जिल्ला अस्पताल डोटीबाट होस वा अन्य स्वास्थ्य संस्थाबाट प्रबाह हुने स्वास्थ्य सेवालाई नियमित र गुणस्तरीय बनाउने अभियान जारी छ रात दिन त्यसैमा लागिरहेका छाँै । ’

स्वास्थ्य कार्यालयका कर्मचारीहरुको आफ्नो काम प्रतिको जिम्मेबारी र लगनशिलता र सबै निकाएहरु संगकोे प्रभावकारी समन्वय र सहयोगका कारण आर्थिक वर्ष २०७६।०७७ को प्रथम चौमासिकको रिपोटीङ चरणमा सय प्रतिशत लक्ष्य प्राप्त भरी डोटी जिल्ला सुदुरपश्चिम प्रदेश भरिकै लक्ष्य प्राप्त गर्ने पहिलो जिल्लाको रुपमा रहेको छ ।

पछिल्लो समयमा दक्ष जनशक्ति अभाव, मापदण्ड अनुसार स्वास्थ्य संस्था नहुदाँ पनि स्वास्थ्य कार्यालले सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन स्वास्थ्य सेवामा सबैको सहज पहुच होस भन्ने हेतुले नयाँ पनका कार्यक्रमलाई जोड दिईरहेको देखिन्छ् ।

पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै जिल्ला अस्पताल डोटीकी निमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा.ज्योति पाण्डेयले दरबन्दी अनुसारका कर्मचारी नहुदाँ सेवा प्रवाहमा समस्या भईरहेको बताईन् । उनले भनिन ‘ सेवा ग्राहीले यो सेवा भएन त्यो सेवा भएन भनेर भन्नु स्वाभाबिकै हो ४ जना मेडिकल सुपरीटेन्डेन्टको दरबन्दी भएको ठाउँमा म एक जना मात्र छु अफिसियल काम पनि भ्याउनु पर्छ अनि कसरी सबै सेवा दिन सकिन्छ ’ अस्पतालले सेवा प्रवाहमा समस्या नहोस भन्नाको लागि करारमा आवश्यक केही जनशक्ति माग गरिसकेकोले केही दिन भित्र पदपुर्ति भई सेवा प्रवाहमा सहज हुने समेत डा. पाण्डेयले बताईन् ।

संचारकर्मिहरुलाई जिल्लाको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी महेश बोहराले जानकारी दिए । जिल्लाको स्वास्थ्य अवस्था सुधारको लागि स्थानिय तह र संञ्चारकर्मिहरु संग पनि नियमत रुपमा समन्वय सहकार्य गरिने समेत सुचना अधिकारी बोहराले बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०७४।०७५ देखि हाल सम्मको सबै क्षेत्रको अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गरिएको थियो । प्रस्तुत तथ्याङ्क अनुसार दरबन्दी अनुसार १३ प्रतिशत कर्मचारी अभाव रहेको, जिल्लामा ६ वटा वडाहरुमा स्वास्थ्य चौकी स्थापना हुन नसकेको, केही स्थानिय तहमा घरैमा सुत्केरी गराउने समस्या कायमै रहेको जस्ता सवालहरु देखिएका भएपनि धेरै क्षेत्रमा प्रगति भएको देखिएको छ ।

तथ्याङ्क अनुसार जिल्ला पूर्ण खोप उन्मुखको लक्ष्यमा गईरहेको छ , सुरक्षित रुपमा स्वास्थ्य संस्थामा गर्भपतन गराउनेको संख्यामा बृद्धी भएको छ, एच आई भि एड्का संक्रममीतहरुको संख्या क्रमश घट्दै गएको छ , बालमृत्युदरमा कमी भएको छ , मलेरिया, डेंगो जस्ता रोगका संक्रमणको हिसाबले कम जोखिममा रहेको जस्ता खालका सवालहरुमा प्रगतिउन्मुख भएको देखिन्छ । कार्यक्रममा जिल्ला स्थित बिभिन्न संचार गृहमा कार्यरत दुई दर्जन भन्दा बढी संञ्चारकर्मिको सहभागिता रहको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस