हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न कांग्रेसको माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हङकङमा ट्रान्जिट भिसाको व्यवस्था गर्न कांग्रेसको माग


६ पुस २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेसले नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था गर्ने विषयमा चीन सरकारसँग आवश्यक प्रयास गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले आज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी नेपालीलाई हङकङमा भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँदेखि मकाउ जान र मकाउदेखि काठमाडौँ आउन हालसम्म सोझो हवाई उडान नभएकाले मकाउमा रोजगारीका लागि पुग्ने र आउने युवाले कठिनाई भोग्नु परेको ज्ञापनपत्रमा उल्लेख छ । मकाउमा ‘वर्क प्रमिट’ प्राप्त गरी करीब चार हजार नेपाली युवा रोजगारीमा छन् ।

काठमाडौंँ–हङकङ–मकाउ/मकाउ–हङकङ–काठमाडौँ सबै भन्दा पायक पर्ने र सहज रुटमा रहेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले सो रुट भएर यात्रा गर्न नेपालीलाई हङकङमा ट्रान्जिट भिसा व्यवस्था नभएकाले हङकङको ट्रान्जिट भिसा व्यवस्थाका लागि ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले हङकङमा ट्रान्जिट भिसा नहुँदा नेपालीले भोग्नु परेको समस्याका बारेमा आफू गम्भीर रहेको बताउँदै यस विषयमा तत्काल मन्त्रालयबाट पहल गर्ने प्रतिबद्धता जनाएको प्रमुख सचेतक खाँणले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस