२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरपालिकाले किसानलाई ४ करोड अनुदान दिने

अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिकाले कृषि प्रवर्द्धन तथा यान्त्रीकरणका लागि किसानलाई ४ करोड रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले कृषिलाई प्रमुख प्राथमिकता दिएर गत वर्षको भन्दा बढी अनुदान दिन लागेको जानकारी दिइन् । महानगरपालिकाले गत वर्ष चार करोडको हाराहारीमा अनुदान दिएको थियो । यसपटक अहिले कृषि प्रवर्द्धन तथा यान्त्रीकरणको लागि ४ करोडभन्दा बढी अनुदान दिन लागिएको मेयर दाहालको भनाइ छ ।

महानगरपालिकाले नेपाल सरकारको ससर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको छ ।

महानगरको आफ्नै बजेटबाट २ करोड ४७ लाख ५० हजार र नेपाल सरकारबाट १ करोड ७३ लाख रूपैयाँ अनुदान वितरण गर्न लागिएको महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले जानकारी दिए । अनुदानका लागि महानगरले समूह, सहकारी तथा निजी फर्महरुसँग प्रस्ताव माग गरिसकेको छ ।

महानगर कृषि शाखाका अनुसार कृषि यान्त्रीकरण र कृषि बजार प्रवर्द्धनका लागि ८५ प्रतिशतसम्म अनुदान रहेको छ । शाखाका अनुसार कम्ब्राइन्ड हार्भेस्टर धान, गहुँ काट्नेदेखि थन्क्याउनेसम्म मेसिनमा ५० प्रतिशत अनुदान रहेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत हमालका अनुसार यसपटक कृषि यान्त्रीकरणमा बढी अनुदान दिने तयारी छ ।

संकलन केन्द्र, प्रशोधन केन्द्र, कोल्ड स्टोर निर्माणमा सबैभन्दा बढी ८५ प्रतिशतसम्म अनुदान छ । कृषि शाखाका अनुसार करार, सामूहिक खेती प्रवर्द्धन कार्यक्रममा २० लाखसम्म अनुदान छ ।

यस्तै, फलफूल तथा पुष्प नर्सरी स्थापनाका लागि १२ लाख ५० हजारसम्म अनुदान दिइएको छ । एक वडा एक हाटबजार व्यवस्थापन र प्रवर्द्धनका लागि पनि अनुदान दिने तयारी छ । होमस्टे प्रवर्द्धनका लागि पनि यसपटक पाँच लाखसम्म अनुदान रहेको कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस