नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ गते « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ गते


६ पुस २०७६, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ ।

राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्दै स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तय गरेको हो। विधान प्रतिवेदनमाथि भने केन्द्रीय समितिमा छलफल हुने भएको छ। केन्द्रीय समितिमा छलफलपछि मात्र विधान प्रतिवेदन पारित हुनेछ।

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको नेता भीम रावलले पत्रकारहरुलाई जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस