बम विस्फोटको आरोपमा विप्लवका ५ नेता पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बम विस्फोटको आरोपमा विप्लवका ५ नेता पक्राउ


६ पुस २०७६, आइतबार


काठमाडौं । वैदेशिक रोजगार ब्यवसायी रोहन गुरुङको घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले विप्लव समूहका ५ जना केन्द्रीय स्तरका नेतालाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्जीव लामा, तिलकबहादुर गुरुङ, वकिल घर्तीमगर, त्रिलोचन विक र दुर्खाबहादुर तामाङ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस