पाकिस्तानमा विश्वविद्यालयका एक शिक्षकलाई मृत्युदण्डको सजाय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तानमा विश्वविद्यालयका एक शिक्षकलाई मृत्युदण्डको सजाय


६ पुस २०७६, आइतबार


एजेन्सी। पाकिस्तानमा विश्वविद्यालयका एक शिक्षकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय जुनैद हफिजलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको हो ।

हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुरा लेखेको आरोपमा सन् २०१३ मार्च महिनामा पक्राउ गरिएको थियो ।

उनले अमेरिकाबाट फूलब्राइट छात्रवृतिमा स्नातकोत्तर पढेको थिए । अध्यइनपश्चात उनी पाकिस्तान पफर्किएर बहाउद्दिन जकारिया युनिभर्सिटीमा पढाइरहेका थिए । त्यहाँबाट नै उनलाई पक्राउ गरिएको थियो ।

उनलाई सन् २०१३को मार्चमा पक्राउ गरिएको थियो । २०१४ मा उनको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहानलाई बन्धुकधारीहरुले मारेका थिए । उनलाई जेलभित्र एक्लो कोठामा बन्दी बनाइएको थियो । उनलाई राखिएको मुल्तानस्थित केन्द्रीय कारागारमा अदालतको फैसलाको फैसला सुनाइएको हो ।

पाकिस्तानमा धर्म निन्दा गरेको भन्दै अहिले सम्म ४० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

एमनेस्टी इन्टरनेन्याशनलले सो फैसला अन्यायपूर्ण भएको बताएको छ ।

पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस