२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि सत्ता र प्रतिपक्ष मिल्नुको विकल्प छैन : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकको समग्र विकासका लागि राजनीतिक दल मिल्नुको विकल्प नहुने बताएका छन् ।

गौरीशङ्कर च्छो–रोल्पा मिडिया प्रालिद्वारा आज यहाँ आयोजित ‘स्रष्टा सम्मान’ कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष सबै राजनीतिक दल मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।

मन्त्री गुरुङले भने, ‘सरकार समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय अभियानलाई पूरा गर्नेतर्फ द्रूत गतिमा लागेको छ, त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प छैन, यस कार्यमा सबै एक भएर लाग्नुपर्छ ।’ मन्त्री गुरुङले नेपाली जनताको चाहनाअनुसार मुलुकलाई समृद्ध बनाउन नागरिक समाज, वुद्धिजीवी, कलाकार, पत्रकार र साहित्यकारको महत्वपूर्ण भूमिका हुने बताए ।

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आएका सबै सुझाव, आलोचना र टिप्पणीलाई सरकारले आत्मसात गरेर अघि बढने समेत प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने नेपाली जनताको चाहनालाई पूरा गर्ने अभियानमा सरकारको कमीकमजोरी भए आत्मा आलोचना गरी अघि बढन तयार रहेको बताए । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस