विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


४ पुस २०७६, शुक्रबार


अख्तियार

काठमाडौं । विद्यालयको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यमिक विद्यालयका अध्यक्ष जमालुद्धिन खाँसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विज्ञान सामग्री खरिद रकम हिनामिना गरेको आरोपमा अध्यक्ष जमालुद्धिन खाँ, विज्ञान शिक्षक तथा हालका प्रधानाध्यापक महमुद आलम खाँ तथा पूर्वप्रधानाध्यापक श्रीकान्त दुवेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शिक्षा कार्यालयबाट विज्ञान सामग्री खरिदका लागि आएको ६ लाख ५० हजार रुपैयाँ मध्ये २ लाख ८२ हजार ३ सय ८४ रुपैयाँको सामान विद्याललयमा नभएको, निकासा रकममध्ये ५ लाख १० हजार विज्ञान सामग्रीको रकम भुक्तानी भएको तर १ लाख ४० हजारको हिसाब नदेखिएको अख्तियारले जनाएको छ ।

यसै आधारमा ४ लाख २२ हजार ३ सय ८४ रुपैयाँको सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस