देउसि भैलोबाट संकलित रकमले बिरामीलाई सिरक र हिटर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउसि भैलोबाट संकलित रकमले बिरामीलाई सिरक र हिटर


४ पुस २०७६, शुक्रबार


दुनै,डोल्पा । तिहारमा देउसि भैलो खेलेर संकलन गरेको रकमबाट बिरामीलाई फाईबर सिरक र हिटर प्रदान गरिएको छ ।

जिल्ला अस्पताल डोल्पाका कर्मचारी र ब्यवस्थापन टिमले देउसी भैलो खेलको रकमबाट सिरक र हिटर बिरामीलाइ दिएका हुन ।

देउसी भैलीबाट संकलित ४७ हाजर नगद रुपैयाबाट १७ थान फाईबर सिरक,४ थान हिटर र ३० केजी चामल वितरण गरेको अस्पताल विकास अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले जानकारी दिए ।

चिसोको समयमा बिरामीहरुलाइ निकै जाडो हुने र हरेक बेडमा एकएक वटा फाइबर सिरक पुग्ने गरी १५ वटा सिरक र ४ वटा हिटर अस्पतालका र्फाट प्रमुखलाई ठुलीभेरी नगरपालिका ३ का अध्यक्ष हर्णबहादुर न्यौपानेको रोहवरमा हस्तान्त्ररण गरेको जिल्ला अस्पताल प्रमुख डाक्टर सिजन रावलले बताए ।

त्यसैबाट दुनै बजारमा बस्दै आएकी विपन्न तथा एक्कल महिला सिताकुमारी शाहीलाई एक फाइबर सिरक र ३० केजी चामल प्रदान गर्नुका साथै अर्की एक्कल महिला कृष्णा भारतीलाई एक फाबर सिरक प्रदान गरेको अध्यक्ष रोकायाले जानकारी दिए ।

अस्पतालमा बिरामीको अवस्थालाई मध्यनजर गर्दै तिहारमा देउसी भैलीबाट संकलित रकम वनभोजमा खर्च नगरी अस्पतालका कर्मचारीले अस्पताल ब्यवस्थपन समितिका अध्यक्ष रोकायाको नेतृत्वमा समाज सेवी काम गरेको डाक्टर रावलले बताए ।

माइृनस १३ सम्मको जाडोमा बिरामीले निकै ठुलो राहातको महसुस गर्ने र निकै समाजसे्वी काम गरेको भन्दै वडा अध्यक्ष अर्णबहादुर न्यौपानले अस्पतालका कर्मचारीहरुलाई धन्यबाद प्रदान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस