सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने


४ पुस २०७६, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया पुस ११ गतेबाट सुरु हुने भएको छ ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको अर्को बैठक पुस ११ गते एक बजे बस्ने दलहरुबीच सहमति बनेको छ ।

बीचमा क्रिसमस पर्ने र सभामुख चयन प्रक्रिया सुरु गर्न निर्वाचन समिति बनाउनु पर्ने भएकाले ११ गतेसम्म बैठक सारिएको हो।  संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह ४ बजे आव्हृान भएको छ। बैठकको विषयबस्तु तय गर्न बसेको परामर्श समिति बैठकले अर्को बैठक ११ गते बस्ने र त्यहि बैठकबाट सभामुख चयन प्रक्रिया सुरु गर्ने सहमति जुटाएको हो।

यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख निर्वाचन प्रक्रिया शुरु हुने नेकपा स्रोतले जनाएको छ ।

शुक्रबार ‌संसद बैठकमा अधिवेशन सुरु भएकोबारे राष्ट्रपतिको पत्र, मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची छ । त्यस्तै चार जना पूर्वसां‌सदको शोक प्रस्ताव पारित गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सात जनाको नाम पढेर सुनाउने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

संसद अधिवेशन र सभामुख निर्वाचनको प्रक्रियालाई लिएर बिहीबार नेकपा र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो । उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि दुवै दलका नेताहरुबीच भएको स्रोतले जनाएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलत्कारको आरोप लागेपछि १४ असोजमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस