त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह (फोटो फिचर ) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह (फोटो फिचर )


३ पुस २०७६, बिहिबार


काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औं दीक्षान्त समारोहमा आज आयोजना गरिएको छ ।

समारोहमा १० हजार १८४ विद्यार्थी दीक्षित भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपटक दीक्षान्तमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८४ विद्यार्थीले मात्र फारम भरेका छन् ।

गत वर्ष पनि ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि ९ हजार ५ सय २० जनाले फाराम भरेका थिए ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक–पुरस्कार समेत प्रदान गरिएको छ ।

त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त ३–४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस