विश्व युवा सम्मेलनमा नेपाल भ्रमणको निम्तो ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्व युवा सम्मेलनमा नेपाल भ्रमणको निम्तो !


३ पुस २०७६, बिहिबार


काठमाडौँ । विश्व युवा मञ्चको तेस्रो सम्मेलनमा सहभागी हजारौँ युवाहरुलाई नेपाल भ्रमण वर्षको निम्तो दिइएको छ ।

डिसेम्बर १४ देखि १७ सम्म इजिप्टको शर्म एल शेइख सिटीमा आयोजित विश्वका एक सय ६४ देशका सात हजार युवा सम्मिलित मञ्चको तेस्रो सम्मेलनमा सहभागी नेपाली युवाहरुले ‘नेपाल भ्रमण वर्ष २०२०’ बारे जानकारी गराउँदै भ्रमणको निम्तो दिएका हुन् ।

विभिन्न देशबाट नेपाली पोसाकसहित सम्मिलित नेपाली युवाहरुले सम्मेलनमा भ्रमण वर्ष २०२० को पोष्टर र नेपाली झञ्डा प्रदर्शन गर्दै सहभागी युवाहरुलाई नेपाल भ्रमण वर्षबारे जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागी हुन जापानबाट गएका विवेक घिमिरेले विश्वका हजारौँ युवाहरु सम्मिलित सम्मेलनमा नेपाल भ्रमण वर्ष बारे जानकारी दिँदा नेपालबारे उत्सुकता देखाएको बताए । उनीहरुले यसपछि नेपालबारे धेरै थाहा भएको र भ्रमण गर्न इच्छुक रहेको बताएको घिमिरेको भनाई छ ।

दिगो विकासका लागि ग्लोवल एण्ड रिजिनल कोअपरेसन, इन्टरनेशनल पीस एण्ड सेक्यूरिटि, आर्टि फिसियल इन्टेलिजेन्स एण्ड इन्फोरमेसन म्यानेजमेन्ट, वल्र्ड फुड सेक्यूरिटि, इन्भायरोमेन्ट एण्ड क्लाईमेट चेन्ज लगायत विषयमा युवाहरुको सहभागिता र भूमिकाबारे बहस तथा छलफल भएको थियो ।

इजिप्टका राष्ट्रपति अबदेल फटाह इल–सिसिसमेत चारै दिन उपस्थित भएका थिए ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस