अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित


३ पुस २०७६, बिहिबार


Temporary Protected Status

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ । अधिकार दुरुपयोग गरेबापत् उनलाई तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले महाभियोग प्रस्ताव पारित गरेको हो ।

ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थियो भने विपक्षमा १९८ मत परेको थियो ।

अब यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ । तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् । राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ ।

स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए। तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।

पेलोसीले आफ्नो धारणा राख्दै राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्‍याउनु दुःखदायी भएको बताइन्। उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन्।

उनले भनिन्, ‘राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।’ तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरेका थिए । बीबीसी

Tags :
प्रतिक्रिया दिनुहोस