सीमामा सरकारको प्राथमिकता : एक महिना भित्र ४० किमी बाटोको डिपिआर तयार गरिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सीमामा सरकारको प्राथमिकता : एक महिना भित्र ४० किमी बाटोको डिपिआर तयार गरिँदै


२ पुस २०७६, बुधबार


काठमाडौँ । सरकारले भारतसँग सिमाना जोडिएको दार्चुलाको व्यास गाउँपालिका वडा नं. एक स्थित छाङरुबाट दुमलिङसम्मको ४० किलो मिटर गोरेटो बाटोको डिपीआर एक महिना भित्र तयार गर्ने गरी काम अघि बढाएको छ ।

उक्त कार्यका लागि स्थानीय पूर्वाधार विकासका सिनियर डिभिजनल इन्जिनियर महेश्वर घिमिरेको नेतृत्वमा इन्जिनियर सहितको टोली स्थलगत रूपमा खटाई सकिएको प्रशासन विशेष स्रोतले बतायो ।

टोलीले एक महिना भित्र ४० किलो मिटर बाटोको डिपीआर प्रतिवेदन पेस गर्ने गरी टोली खटाई सकिएको छ’ स्रोतले भन्यो ।

उक्त बाटो निर्माण पश्चात् आफ्नै भूमिमा जानका लागि पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास सरकारले लिएको छ ।

यस अघिदेखि सञ्चालनमा रहेको गोरेटो बाटो हिउँ तथा पहिरोले अवरुद्ध भएपछि भारतीय भूमि हुँदै आवत जावत गर्दा स्थानीयबासिन्दाले दुःख पाएपछि सरकारले बाटो खुलाउन प्राथमिकता दिएको हो ।

उक्त बाटो चालु आर्थिक वर्षभित्रै निर्माण गरिसक्ने लक्ष्य सरकारले लिएको र आवश्यक बजेट अर्थ मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपलब्ध गराउने स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस