क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्षतिपूर्ति र कारबाहीको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


२ पुस २०७६, बुधबार


कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध भएको छ ।

सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षेतिपूर्ती र सवारी चालकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै सो सडकखण्ड आज अवरुद्ध गरिएको हो ।

भीमदत्तनगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मङ्गलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो ।

मृतकका परिवार र स्थानीयवासीले सो सडकखण्डमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले शव महाकाली अस्पतालमा परीक्षण र राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस