घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख र उपप्रशासक पक्राउ


१ पुस २०७६, मंगलबार


काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख (प्रशासक) नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका- १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस