सहसचिवमा बढुवाका लागि ४४ उपसचिवको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सहसचिवमा बढुवाका लागि ४४ उपसचिवको नाम सिफारिस


१ पुस २०७६, मंगलबार


समायोजन

काठमाडौँ । बढुवा समितिको सचिवालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवाका लागि नेपाल प्रशासन सेवाका ४४ जना उपसचिवको नाम सिफारिस गरेको छ ।

समितिले मङ्सिर ३० को निर्णय अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा रिक्त पदमा योग्यता क्रमका उमेदवारहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस गरिएका मध्ये ३७ जना नियमित बढुवा अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सिफारिसमा परेका हुन् भने ७ जना सर्वोच्च अदालतको फैसला बमोजिम बढुवा सिफारिस गरेको हो ।

अदालतको २०७६ असोज ५ गतेको फैसला अनुसार बढुवा सूचना अनुसार बढुवा भएका कर्मचारीहरू सरह ज्येष्ठता कायम हुने गरी रुद्रनाथ देवकोटा, गौलोचन सैँजु, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वैत प्रकाश श्रेष्ठ, अमृत श्रेष्ठ र बिनु बज्राचार्य कुँवरको नाम सिफारिस भएको छ ।

अदालतको आदेशबाट बढुवा सिफारिस सबै कर्मचारी पूर्व राजप्रासाद सेवाबाट आएका कर्मचारी हुन् । राजसंस्थाको अन्त्यसँगै राजदरबारमा कार्यरत राजप्रासाद सेवाका कर्मचारीलाई सरकारले विविध सेवा अन्तर्गत ल्याउने निर्णय गरेको थियो । तर नियमित बढुवामा स्थान नपाएपछि उनीहरू अदालत गएका थिए ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस