प्रधानसेनापति र भारतीय सेनाका मेजर जनरल बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानसेनापति र भारतीय सेनाका मेजर जनरल बीच शिष्टाचार भेटवार्ता


३० मंसिर २०७६, सोमबार


काठमाडौं ।  प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका मेजर जनरल गोपाल गुरुङले जंगी अड्‍डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा उनीहरु बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा मंसिर १७ गतेदेखि सञ्‍चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यासइन्डो नेपाल बटालियन लेवल जोइन्ट ट्रेनिङ एक्स सूर्य किरन एक्सआइभी को अभ्जर्व को रुपमा मेजर जनरल गुरुङ नेपाल आएका बलाधिकृत शरद कुमार गिरीबाट आज भएको भएको एक्स सूर्य किरन एक्सआइभीको समापन समारोहमा सरिक भएका थिए ।

उक्त अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान भएको थियो ।

यस किसिमको अभ्यासले दुई देश बीच सदियौं देखि कायम रहेको मैत्रिपूर्ण सैन्य सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्‍वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस