फिलिपिन्समा ६.८ म्याग्नीच्युडको भूकम्प, सात जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्समा ६.८ म्याग्नीच्युडको भूकम्प, सात जनाको मृत्यु


३० मंसिर २०७६, सोमबार


मिन्दानाओ, फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा छ बर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ । अन्य छ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’ जनाइएको छ ।

खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् । रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस