२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिउदोमा सिन्दुर त छ तर त्यो कहाँ छ पत्तो छैन’

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकीकी ४१ बर्षीया महिसरा दडिमाना १५ बर्षको उमेरमा बैवाहिक जीवनमा बाँधिएकी थिईन् ।

बिवाह पश्चात उनले श्रीमान्को सुख त परै जावास् अनुहारसम्म हेर्न नपाएको २० बर्ष भयो । ‘म तीन महिनाकी गर्भवती थिएँ, त्यति बेला उहाँ (श्रीमान्) घरबाट भारत जान्छु भनेर जानु भएको हो’ महिसरा भन्छिन् ‘छोराको उमेर पनि १९ पुरा भई २० लागि सक्यो तर उहाँ आउनु भएन ।’ सानो छँदा छोराले ‘बाबाखोई ?’ भनी प्रश्न गर्दा उनी देश (भारत) गएको बताउ थिइन् ।

साथी संगीका बुवा देशबाट फर्कदाँ आफ्नो बुवा नफर्के पछि महिसराका छोरा गोपाल बाबा किन आएनन् भनेर सोध्थे । महिसरा उनलाई फेरी कुनै बहाना बनाएर चुप लाउँथिन् । तर, जवगोपाल अलि ठुला भए उनले भन्नै प¥यो सत्य कुरा । ‘यो २० बर्षसम्म न म बिधवा जस्ती भए न सधवा जस्ती’ मलिन अनुहार बनाउँदै महिसरा भन्छिन् ‘श्रीमान् छन् भन्ने कि छैनन् भन्ने दुविधा भएको छ ।’ सिउदोमा सिन्दुर त छ महिसराको तर त्यो सिन्दुर कहाँ छ भन्ने पत्तो छैन । बिवाह लगत्तै पनि महिसराका श्रीमान् टेकवहादुर घर छोडेर गएका थिए । चार बर्ष सम्म कुनै पत्तो थिएन । पछि आफै घर आएका थिए । त्यसपछि अहिलेसम्म नत घर आए नत कहाँ गए भन्ने पत्तो छ । अब त आश पनि मारी सकिन महिसराले । उनी भन्छिन् ‘अब के आउलान् भन्ने सोच्छु ।’

महिसराले बाख्रापालेर, अर्काको मेलो पात गरेर साँझ विहानको छाक टारिन, जिउ ढाकिन् माईती, देवर, जेठाजूको सहयोगमा छोरालाई हुर्काईन् । १९ बर्षीया छोरा गोपाल रोजगारीको लागि भारतको जोधपुर गएपछि उनी अहिले नितान्त एक्ली छिन् । छोरालाई कक्षा १२ सम्म पढाईन ‘१२ को एक बिषय लागेको थियो, चान्स (ग्रेड बृद्धि) दिन पाउने भन्नु भाथ्यो सरले, उ (छोरा) आएन’असारमा रोजगारीका लागि भारत गएको छोराले परीक्षा छोडेकोमा निकै दुःखी छिन् उनी, भन्छिन् ‘मैले दुःख गरेर हुर्काएँ, पढाएँ पनि, पढाईमा राम्रै थियो तर बिचमै पढाई छोडेर गयो ।’उनी छोराको खुशीमा आफ्नो दुःख बिर्सन खोज्थिन् ।

त्यसैले उनले छोरालाई पढाएर नेपालमै कुनै रोजगारी गरोस् भन्ने चाहन्थिन् । श्रीमान् भारतमै हराएको घटनाले पनि छोरा भारत नपसोस् भन्ने जोड थियो उनको । तर उमेर बढ्दै जाँदा छोराले आमाको दुःख बुझ्यो होला, भारत पस्यो । पेट पाल्नकै लागि भारत पस्नु पर्ने लाखौं युवाहरुको पीडाले गोपाललाई पनि छोयो ।

महिसराको जस्तै अवस्था छ सोही गाउँकी कृष्णा गिरीको । १६ बर्षको उमेरमा बैवाहिक जीवनमा बाँधिएकी कृष्णा पनि विगत १६ बर्ष देखि श्रीमान्को पर्खाईमा छिन् । निड्स नेपाल नामक गैर सरकारी संस्थाले आयोजना गरेको सुरक्षित आप्रवासन संम्वन्धी अन्तरक्रिया कार्यक्रममा भेटिएकी कृष्णाले श्रीमान् नहुँदाको पीडा सुनाईन् ।

संकटकालको बेला थियो, असारको महिना, तर सालकुन हो कृष्णालाई थाह छैन । कृष्णाका श्रीमान् दिपक गिरी घरबाट केही नवोली चुपचाप निस्के । गाउँतिरै डुल्दै होलान् भन्ने सोचेकी थिईन् कृष्णाले, तर उनी साँझ घर आएनन् । दिन, महिना, बर्ष बित्दै जाँदा १६ बर्ष पुरा भएछ, तर दिपक आएनन् ।

दिपक घरबाट जाँदा गर्भमा रहेकी छोरी लक्ष्मीलाई पनि १५ बर्ष पुरा भईसकेछ । तर, दिपकको भने पत्तो छैन । ‘कतिसम्म त आउनु हुन्छ भन्ने सोच्थे, गाउँका अरु देशबाट आएपछि संगै आउँछन् कि, केही खवर ल्याउछन् कि भन्ने आश हुन्थ्यो’ आँखा भरी आँशु बनाउँदै कृष्णा भन्छिन् ‘अब त के आउनु होला र आशै मर्यो ।

यो घटना डोटी जिल्लाको एउटा प्रतिनिधीमुलक घटना मात्र हो । डोटी जिल्लाबाट कामको शिलसिलामा तेस्रो मुलुक जाने मध्यमा अहिले सम्म कति जना बेपत्ता, घरपरिवारको सम्पर्क बिहीन छन् भन्ने कुनै निकाए संग तथ्याङ्क छैन् ।

त्यो पीडा स्वयम घरपरिवारलाई मात्र छ । आज भन्दा एक वर्ष अघाडी शिखरनगपालिका र केआई सिं गाउँपालिकाको वडा नम्बर ६ र ७ मा निड्स नेपाल नामक गैर सरकारी संस्थाले गरेको सर्बेक्षण अनसार ५ वर्ष देखि २० वर्ष सम्म घरपरिवारको सम्पर्क बिहीन अवस्थामा रहेका २ सय ५ जना रहेका थिए । तर जिल्ला भरिमा अहिले सम्म कति जना सम्पर्क बिहीनको सुचीमा छन् भन्ने कसै संग आघीकारीक तथ्यांक नहुदाँ केही भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस