प्रहरी निरीक्षक दाहालको शव काठमाडौं ल्याईँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रहरी निरीक्षक दाहालको शव काठमाडौं ल्याईँदै


२८ मंसिर २०७६, शनिबार


काठमाडौं । धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं ल्याउने तयारी भएको छ। महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएका दाहालको शव काठमाडौं ल्याइने तयारी भएको हो।

काठमाडौंको जोरपाटी घर भएका दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएका छन् । दाहालको शवको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको छ। दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिओसो) पनि रहेको बताइएको छ ।

घटनामा राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो। भने राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छन्। घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो। उनकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाएर प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस