७ किलो चरेससहित ४ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

७ किलो चरेससहित ४ जना पक्राउ


२६ मंसिर २०७६, बिहिबार


घुससहित रंगेहात पक्राउ

कञ्चनपुर । कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा ७ किलो चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित ४ जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

उनका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१ घरभै डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस