नागरिकता विधेयकको विरोधमा प्रहरी महानिरीक्षक अब्दुर रहमानद्वारा राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागरिकता विधेयकको विरोधमा प्रहरी महानिरीक्षक अब्दुर रहमानद्वारा राजीनामा


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि पारित नागरिक संशोधन विधेयकको विरोधमा महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक अब्दुर रहमानले राजीनामा दिएका छन् ।

महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गरेका हुन् ।

महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस