अपराध महाशाखाका इन्सपेक्टर ४० हजार घुससहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अपराध महाशाखाका इन्सपेक्टर ४० हजार घुससहित पक्राउ


२६ मंसिर २०७६, बिहिबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट पक्राउ गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस