सबै गाउँमा सडक, बिजुली र खानेपानी : मन्त्री गुरुङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सबै गाउँमा सडक, बिजुली र खानेपानी : मन्त्री गुरुङ


२५ मंसिर २०७६, बुधबार


बागलुङ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी दुई वर्षभित्र प्रदेशका सबै गाउँ–बस्तीमा सडक, बिजुली र खानेपानीको सुविधा पुर्‍याइने बताएका छन् । गलकोट नगरपालिका–११ स्थित रत्नलक्ष्मी माविको ६०औँ वार्षिकोत्सव एवं हिरक महोत्सवको आज उद्घाटन गर्दै उनले भने, ‘बजेट, कार्यक्रम पनि पूर्वाधार विकासमा बढी लक्षित छ ।’

मन्त्री गुरुङले कृषिमा अनुदान, आधुनिकीकरण र उद्यमशीलता विकासमा प्रदेश सरकारले लगानी बढाएको उल्लेख गरे । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि पनि प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । मन्त्री गुरुङले भौतिक संरचना अभावका कारण शिक्षाबाट वञ्चित हुने अवस्था सिर्जना हुन नदिइने बताए । उनले शिक्षा क्षेत्रलाई राजनीतिको प्रभावबाट मुक्त राख्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस