सरकारको घोषणा : स्वर्ण पदक विजेताले ९ लाख पाउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारको घोषणा : स्वर्ण पदक विजेताले ९ लाख पाउने


२५ मंसिर २०७६, बुधबार


काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख दिने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।

एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

त्यस्तै रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस