हात्तीको आक्रणबाट दुईको मृत्यु, चार घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हात्तीको आक्रणबाट दुईको मृत्यु, चार घाइते


२५ मंसिर २०७६, बुधबार


कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाको माकुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयमाथि हात्तीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट महाकाली नगरपालिका दोधारा चाँदनीका ५० वर्षीया हुलियादेवी बोहोरा र सोही ठाउँकी बसन्ती भट्टको मृत्यु भएको छ ।

यस्तै, सोही ठाउँकी ललिता बोहोरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस