प्रहरी नायव निरीक्षक र प्रहरी जवान ५० हजार घुससहित पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी नायव निरीक्षक र प्रहरी जवान ५० हजार घुससहित पक्राउ


२५ मंसिर २०७६, बुधबार


अख्तियार

काठमाडौं । सर्लाहीको प्रहरी चौकी त्रिभुवन नगरमा कार्यरत प्रहरी नायव निरीक्षक र प्रहरी जवान ५० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको हो ।

भारतीय सामान नेपाल भित्र्याउने काममा सहज गरिदिने भनी प्रहरी नायव निरीक्षक सिंहले सेवाग्राहीसँग घुस माग गरेका थिए । सिंहले घुस लिन प्रहरी जवान यादवलाई पठाएका थिए ।

प्रहरी जवान यादवलाई घुस लिइरहेको अवस्थामा ब्रह्मापुरी गाउँपालिका–४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्राङ्गणबाट र प्रहरी नायव निरीक्षक सिंहलाई उनको कार्यालयबाटै आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका दुबै जनालाई अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस