२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१०९६ जना शाखा अधिकृतका लागि लोक सेवाको विज्ञापन खुल्यो

अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतका लागि बुधवार १ हजार ९६ पदका लागि विज्ञापन माग गरेको छ ।

आयोगले विभिन्न सेवा समूहका लागि खुलातर्फ ४१९, बढुवा (कार्य सम्पादन मूल्याङ्कन र कार्यक्षमता) तर्फ ३२८, आन्तरिक प्रतियोगितातर्फ तीन, महिलातर्फ ३४९,आदिवासी जनजातीतर्फ ९१, मधेशीतर्फ ८१, दलिततर्फ ३१, अपाङ्गतर्फ १७ र पिछडिएको क्षेत्रका लागि १५ पदका लागि आज बुधबार विज्ञापन गरेको हो ।

प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासन समूहका लागि ५६० पद माग गरिएकोमा बढुवामा १६८ रहेको छ । यस अन्तरगत खुलामा २१६,महिलामा ५८,आदिवासी जनजातीमा ४८,मधेशीमा ३९,दलितमा १५,अपाङ्गमा नौ र पिछडिएको क्षेत्रमा सात रहेको छ ।

यस्तै, प्रशासन सेवा राजस्व समूहअन्तर्गत ६९ पद माग गरिएकोमा बढुवातर्फ २० रहेको छ । यसको खुलातर्फ २७, महिलातर्फ आठ, आदिवासी जनजाती पाँच, मधेशी पाँच,दलित दुई, अपाङ्ग एक र पिछडिएको क्षेत्रका लागि एक पद माग गरिएको छ । प्रशासन सेवा लेखा समूह अन्तरगत ३० पद माग गरिएकोमा बढुवातर्फ नौ रहेको छ । यसको खुलातर्फ १२, महिला तीन,आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक र पिछडिएको क्षेत्र एक रहेको छ ।

लेखापरीक्षण सेवा अन्तर्गत ४२ पद माग गरिएकोमा बढुवातर्फ १३ रहेको छ । यसको खुलातर्फ १६, महिला चार, आदिवासी जनजाती चार, मधेशी तीन, दलित एक र पिछडिएको क्षेत्रमा एक पदका लागि गरिएको छ ।

यस्तै, परराष्ट्र सेवामा चार पद माग गरिएकोमा बढुवातर्फ एक पद रहेको छ । परराष्ट्रको खुलातर्फ दुई र महिलाका लागि एक पद माग गरिएको छ ।

न्याय सेवाको न्याय समूहतर्फ २९० पद माग गरिएकोमा बढुवातर्फ ८५ रहेको छ । यसको खुलातर्फ १०९, महिला २९, आदिवासी जनजाती २४, मधेशी २४, दलित दश, अपाङ्ग पाँच र पिछडिएको चार पद रहेका छन् । न्याय सेवा कानुन समूहतर्फ ४९ पद माग गरिएकोमा बढुवातर्फ १५ रहेको छ । यसको खुलातर्फ १९,महिला पाँच,आदिवासी जनजाती चार,मधेशी चार, दलित एक, अपाङ्ग एक रहेका छन् ।

न्याय सेवा सरकारी समूहतर्फ २४ पद माग गरिएकोमा बढुवातर्फ आठ जना छन् । यसको खुलातर्फ आठ, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई र पिछडिएको एक रहेका छन् ।

व्यवस्थापिका संसदतर्फ २८ पद माग गरिएकोमा बढुवातर्फ छ र आन्तरिक प्रतियोगितातर्फ तीन पद छन् । यसको खुलातर्फ दश, महिला तीन, आदिवासी जनजाती दुई, मधेशी दुई, दलित एक, अपाङ्ग एक रहेका छन ।

आयोगको बार्षिक कार्यतालिकाअनुसार विज्ञापन गरिएको छ । गत वर्ष समायोजनका कारण प्रशासनतर्फ विज्ञापन नभएकोमा यस वर्ष ठूलो सङ्ख्यामा विज्ञापन गरिएको लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

हेर्नुहोस् विज्ञापन :

प्रतिक्रिया दिनुहोस