२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसा रोक्न कानूनको प्रभावकारी कार्यान्वयन : उपसभामुख शर्मा

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले मुलुकमा हुने लैङ्गिक हिंसा अन्त्यका लागि कानून, नीति र कार्यक्रम प्रभावकारी कार्यान्वय आवश्यक रहेको बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ कास्कीद्वारा आज पर्यटकीय स्थल काहुँडाँडामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा उनले सबै खाले हिंसाको अन्त्यका लागि घरघरबाट अभियान शुरु गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

मुलकको विकट क्षेत्रस्थित दूरदराजका महिलाले अहिले पनि परिवर्तन महसुस गर्न नपाएकोे उल्लेख गर्दै उनले महिलाहरु धार्मिक, आर्थिक, राजनीतिक एवं सामाजिकरूपमा असुरक्षित रहेको बताइन् । उनले समाजमा जातीय एवं गरिबीको आधारमा हुने विभेदको अन्त्य गरी समानता कायम गर्न सामुदायिक वनले महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको बताइन् ।

सामुदायिक वन समूहका हक अधिकारका लागि संघ, प्रदेश र स्थानीय तहको कानून बाझिन नहुने उल्लेख गर्दै उनले हक अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प खोजिनुपर्ने विचार व्यक्त गरिन् ।

सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हरि बाँस्तोलाले उपभोक्ताको सक्रियतमा संरक्षण तथा प्रवद्र्धन गर्दै आएका वन समूहलाई वन पैदावार निकासीमा तेहेरो कर लगाउनु उचित नभएको बताए ।

महासंघ केन्द्रीय सदस्यद्वय सरिता कुमाल र सुनमाया नेपालीले हिंसा सहँदा पीडकलाई प्रोत्साहन हुने बताउँदै मुलुकबाट लैङ्गिक हिंसा अन्त्य गर्नका लागि सबै क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए ।

‘समानताको पुस्ता : बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने मूल नारा यसको अभियानअन्तर्गत आयोजित कार्यक्रममा सो वडाका १० सामुदायिक वन समूहका उपभोक्ताको सहभागिता थियो ।

महासंघ जिल्ला अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा–११ का अध्यक्ष हर्कमान विश्वकर्मा, प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, जिल्ला उपाध्यक्ष चूडामणि अधिकारी, महासंघका महानगर अध्यक्ष कमलमणि त्रिपाठी, सचिव पार्वती अधिकारी, जमुना बाँस्तोला र खेमराज आचार्यलगायतले वन समूहको अधिकार स्थापित गर्न महासंघआन्दोलित भएको धारणा राखे ।